घरधनीले डेरावालको परिचय खुल्ने कागजात राख्नुपर्ने

घरधनीले डेरावालको परिचय खुल्ने कागजात राख्नुपर्ने

पुस १५, २०७६, काठमाडौं ।
अब घरधनीले डेरावालको नियमित अभिलेख राख्नुपर्ने भएको छ ।
उपत्यकासहित देशका मुख्य शहरमा घर भाडामा लिएर अपराधिक गतिविधि हुने गरेको देखिएपछि घरधनीलाई भाडामा बस्ने व्यक्ति र संस्थाले परिचय खुल्ने कागजात बुझाउनुपर्ने भएको हो ।
भाडामा बस्ने बारेको विस्तृत विवरण संलकन गरेर नजिकको प्रहरी इकाइमा अनिवार्य रुपमा बुझाउनु पर्नेछ ।
घर भाडामा लिएर अवैध गतिविधि गरेको आशंकामा १ सय २२ जना चिनियाँ नागरिक पक्राउ परेपछि सरकारले डेरावालाको विवरण संकलन गर्नुपर्ने कुरामा ध्यानाकर्षण गरेको हो ।