सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १०

सनराइज फर्स्ट म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १०

पुस १५, २०७६, काठमाडौं ।
सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डको मंसिर मसान्तसम्ममा प्रतिइकाई खुद सम्पत्तिको मूल्य रू. १० रहेको छ । यो मूल्य कात्तिक मसान्त सम्ममा रू. ९ दशमलव ९४ थियो ।
यस योजनाको मंसिर मसान्त सम्ममा सूचीकृत शेयर तथा सूचीकृत नभएका सार्वजनिक निष्कासन हकप्रद शेयर, मुद्दति निक्षेप र ऋणपत्रमा गरेर कुल लगानी रू. १९ करोड ९५ लाख रहेको छ ।
यो लगानी कात्तिक मसान्त सम्ममा रू. ७ करोड थियो । मंसिर मसान्त सम्ममा योजनाले रू. १ लाख २५ हजार आम्दानी गरको छ । कात्तिक मसान्त सम्ममा यो योजना रू. ४९ लाख ५६ हजार नोक्सानि रहेको थियो ।