May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर मूल्य समायोजन कस्को कति ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा शेयर मूल्य समायोजन कस्को कति ?

पुस १५, २०७६, काठमाडौं ।
आइतबार २ वाणिज्य बैंक सहित ४ कम्पनीको शेयर मूल्य समायोजन भएको छ । आइतबार नेपाल बैंक, कृषि विकास बैंक, नेरुदी लघुवित्त र विजय लघुवित्तको शेयर मूल्य समायोजन भएको हो ।
नेपाल बैंकको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको मूल्य २७५.६५ कायम भएको छ ।
त्यस्तै कृषि विकास बैंकको ६ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि बैंकको शेयर मूल्य ३९३.४० तोकिएको छ ।
विजय लघुवित्तको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो । समायोजनपछि कम्पनीको मूल्य ६२३.४८ तोकिएको छ ।
नेरुदी लघुवित्तको समायोजनपछिको मूल्य ४८६.०९ तोकिएको छ । कम्पनीको १५ प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।