May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

नबिल बैंकको साधारण सभा पुस २२ गते

नबिल बैंकको साधारण सभा पुस २२ गते

पुस १५, २०७६, काठमाडौं ।
नविल बैंकले ४५ औँ साधारण सभा पौष २२ गते काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा विहानको १० बजे गर्ने भएको छ ।
साधारण सभाले बैंकको सञ्चालक समितिले गत वर्षको नाफाबाट प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित २२ प्रतिशत नगद लाभांश पारित गर्ने विशेष प्रस्ताव छ ।
हाल नबिलको चुक्ता पुँजी ९ अर्ब १ करोड १८ लाख ४५ हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि भने बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ४०० रुपैयाँ पुग्नेछ ।
बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासम्म आइपुग्दा १ अर्ब १२ करोड ३५ लाख ८७ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।