May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

मलद्वारमा लुकाएर सुन तस्करी गर्दै गर्दा पक्राउ

मलद्वारमा लुकाएर सुन तस्करी गर्दै गर्दा पक्राउ

पुस १६, २०७६, काठमाडौं ।
प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हरिराम नेपाली छन् ।
भारतको महाराष्ट्र घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक विमानस्थलमा हाल उनी बस्दै आएको खुलेको छ ।
सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो ।
प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए ।
उनको बारेमा थप अनुसन्धान भइरहेको छ ।