May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सिर्जना फाइनान्सको वार्षिक साधारणसभा माघ ३ मा

सिर्जना फाइनान्सको वार्षिक साधारणसभा माघ ३ मा

पुस १६ काठमाण्डाँै
सिर्जना फइनान्सको १८ औँ वार्षिक साधारणसभा माघ ११ गते विराटनगरस्थित उद्योग संगठनको सभाकक्षमा हुने भएको छ । उक्त सभामा लाभांस प्रस्ताब मुख्य एजेण्डा रहनेछ् ।
सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजी ७३ करोड ७२ लाख ५१ हजार २०० रुपैयाँको १५ प्रतिशतले हुन आउने ११ करोड ५ लाख ८७ हजार ६८० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७८९ प्रतिशतले हुन आउने ५८ लाख २० हजार ४०४ रुपैयाँबराबरको नगद लाभांश पारित हुनेछ ।
साधारणसभा र लाभांश प्रयोजनका लागि संस्थाले माघ ३ गतेदेखि साधारणसभा नभएसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।
कुनै एक वा एकभन्दा बढी बैंक तथा वित्तीय संस्थासित आपसमा गाभ्ने र गाभिने सम्बन्धमा कम्पनीको चल अचल सम्पत्ति र दायित्व तथा कारोबारको मूल्यांकन गर्ने मूल्यांकनकर्ताको नियुक्ति गर्नेलगायतका गाभिने सम्बनधी सम्पूर्ण प्रक्रिया र कार्य गर्न सञ्चालक समितिलाई अख्तियार दिने निर्णय पनि सभाले पारित गर्नेछ ।