June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

हिमालयन जनरल इन्स्योरेन्सले लाभांश प्रस्ताव गर्यो

पुस १६ काठमाण्डौ
कम्पनीको हिजो मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश आगामी २६ औँ वार्षिक साधारणसभामा पेस गरिने कम्पनीले जनाएको छ ।
बैठकले चुक्तापुँजी १ अर्ब २ करोड ७२ लाख रुपैयाँ कुल १०.५ प्रतिशतले हुन आउने १० करोड ७८ लाख ५६ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांशमा ५ प्रतिशत हुन आउने ५ करोड १३ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर र ५.५ प्रतिशतले हुन आउने ५ करोड ६४ लाख ९६ हजार रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनसमेत) प्रस्ताव गरिएको छ ।