May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सिभिल बैंकको रक्तदान कार्यक्रम

सिभिल बैंकको  रक्तदान कार्यक्रम

पुस १६, काठमाडौँ
सिभिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी कार्यक्रमहरु सञ्चालन गरेको छ । बैंकले नवौैँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिमको विविध सामाजिक उत्तरदायित्वका महिनाव्यापी कार्यक्रमहरुको सम्पन्न गरेको हो । सो कार्यक्रमअन्र्तगत बैंकले आफ्नो ३८ शाखाहरुमार्फत वार्षिकोत्सवको दिनदेखि एक महिनासम्म आयोजना गरेको रक्तदान कार्यक्रममा कुल एक हजार तीन सय ५४ पिन्ट रगत संकलन गरी नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको छ । यसैगरी बैंकले आफ्नो २८ शाखाहरुमार्फत विभिन्न सरकारी विद्यालयहरुमा कक्षा ६ देखि १० सम्म अध्ययनरत जेहेन्दार तथा आर्थिक स्थिति कमजोर भएका २८ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गरेको छ । बैंकले व्यास नगरपालिकालाई ५० थान डस्टबिन प्रदान गरेको छ भने लेखनाथस्थित त्रिभुवनशान्ति नमुना माध्यमिक विद्यालयलाई पनि पाँच थान डस्टबिन प्रदान गरेको छ । बैंकको चन्द्रनिगाहपुर शाखाद्वारा सुनौलो नेपाल अभियानलाई धर्मशालाको निर्माणको लागि २५ हजारको आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले असहाय सेवा केन्द्र नेपाललाई दृष्टिविहीनहरुको सहयोगार्थ एक सय थान विशेष छडी प्रदान गरेको छ । बैंकको इलामस्थित माइजोगमाइ शाखामार्फत आधारभूत विद्यालयका ५० विद्यार्थीलाई स्वेटर प्रदान गरेको छ । यसैगरी बैंकको झापास्थित सुरुङ्गा शाखामार्फत पुकार डिसएबिलिटी सोसिएल सर्भिसलाई वर्षभरिको लागि खाद्यान्न प्रदान गरेको छ । बैंकको विराटनगर शाखामार्फत नारायण प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई स्कुल ड्रेस प्रदान गरेको छ । यसैगरी बैंकको निजगढ शाखाको उद्घाटन समारोहमा सत्यस्वर शिवशक्ति प्राइमरी स्कुललाइ एक थान प्रिन्टर प्रदान गरिएको छ ।