‘भ्रमण वर्ष २०२०’ को भब्य औपचारिक सुरुवात (फोटो फिचरसहित)

‘भ्रमण वर्ष २०२०’ को भब्य औपचारिक सुरुवात (फोटो फिचरसहित)

पुस १६, काठमाडौं ।
अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै भ्रमण वर्ष २०२० को आजबाट औपचारिक सुरुवात भएको छ । नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने संकल्पसहित राष्ट्रिय महोत्सवका रूपमा मनाउन लागिएको नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको हो ।
काठमाडौंको दशरथ रंगशालामा बुधबार साँझ एक भव्य समारोहबीच राष्ट्रपति विद्यादेवी भण्डारीले भ्रमण वर्ष २०२० अभियानको शुभारम्भ गरेकी हुन् ।
भ्रमण वर्षको शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले पर्यटनलाई आर्थिक समृद्धिको रुपमा अंगिकार गरी भ्रमण वर्ष राष्ट्रिय अभियानको रुपमा सञ्चालन गरिएको भन्दै यसलाई सबैको सहयोगमा महाअभियानको रुपमा लिनुपर्ने बताइन् ।
त्यसका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनले बताइन् । उनले पर्यटन क्षेत्रको विकासका लागि योजनावद्ध कार्यक्रमहरु ल्याउन नसके सम्भव नहुने बताइन् ।
उक्त समारोहमा स्वागत मन्तव्य राख्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो कार्यक्रमलाई प्रस्थान विन्दुका रुपमा लिएको र आगामी दशक पर्यटन दशकका रुपमा मनाउने तयारीमा सरकार रहेको बताए । बुधबार नै सातवटै प्रदेशका मुख्य स्थानमा भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको छ । प्रदेश(१ मा विराटनगरको रंगशाला, प्रदेश (२ मा जानकी मन्दिर परिसर, प्रदेश (३ मा चितवनको सौराहा, गण्डकी प्रदेशको लेकसाइट पोखरा, प्रदेश (५ को बर्दियाको ठाकूरद्वार, प्रदेश (६ को सुर्खेत बुलबुल ताल र सुदूरपश्चिम प्रदेशको धनगढीमा उद्घाटन गरिएकोे छ ।


त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले भ्रमण वर्ष २०२० लाई आगामी दशकको पर्यटन विकासको आधार वर्षको रुपमा लिएको मन्त्री भट्टराईले उहाँले बताउनुभयो । पर्यटकको सख्यासँगै उनीहरुको बसाई लम्ब्याउन विभिन्न प्याकेजहरु समेत ल्याइएको पनि उहाँले बताउनुभयो ।
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकसँग सम्बन्धित सेवा प्रदायक संघ संस्थाहरुले छ्टु र विभिन्न अफरहरु ल्याएका छन् । सन २०१८ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएकोमा त्यसलाई बढाएर २० लाख र्पुयाउनु पर्ने चुनौती भने कायमै छ । भ्रमण वर्षको औपचारिक उद्घाटन सत्रमा सहभागी हुन भारत, चिन, म्यान्मार र जमैकाका पर्यटन मन्त्रीसहित, अन्य मुलुकबाट उच्च पदस्थ अधिकारी नेपाल आएका छन् ।


अंग्रेजी नयाँ वर्षको सुरुवातसँगै भ्रमण वर्ष २०२० को आजबाट औपचारिक सुरुवात हुँदैछ । २० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्यसहित सरकारले दशरथ रगंशालामा अपरान्ह भ्रमणवर्षको भव्य उद्घाटन गर्दैछ । त्यसको लागि सम्पुर्ण तयारी पुरा भएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो । सरकारले भ्रमण वर्ष २०२० लाई आगामी दशकको पर्यटन विकासको आधार वर्षको रुपमा लिएको मन्त्री भट्टराईले उहाँले बताउनुभयो । पर्यटकको सख्यासँगै उनीहरुको बसाई लम्ब्याउन विभिन्न प्याकेजहरु समेत ल्याइएको पनि उहाँले बताउनुभयो ।
भ्रमण वर्षलाई लक्षित गरेर पर्यटकसँग सम्बन्धित सेवा प्रदायक संघ संस्थाहरुले छ्टु र विभिन्न अफरहरु ल्याएका छन् । सन २०१८ मा करिब १२ लाख पर्यटक नेपाल भित्रिएकोमा त्यसलाई बढाएर २० लाख र्पुयाउनु पर्ने चुनौती भने कायमै छ ।
भ्रमण वर्षको औपचारिक उद्घाटन सत्रमा सहभागी हुन भारत, चिन, म्यान्मार र जमैकाका पर्यटन मन्त्रीसहित, अन्य मुलुकबाट उच्च पदस्थ अधिकारी नेपाल आएको पर्यटन मन्त्रालयले जनाएको छ । केन्द्र सरकारसँगै सातै प्रदेशका सरकारले पनि आ–आफ्नो क्षेत्रमा कार्यक्रम आयोजना गरी भ्रमण वर्षको सुरुवात गर्नेछन् ।