May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

तनाब भारत–पाकिस्तानकोः मारिने नेपाली

तनाब भारत–पाकिस्तानकोः मारिने नेपाली

पुष १७ काठमडौं ।
भारत र पाकिस्तानका सैनिकबीच गोली हानाहान हुँदा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मारिनेमा गोरखाका अर्जुन थापा मगर रहेका छन् ।
जम्मु कश्मिरको लाइन अफ कन्ट्रोलमा बुधबार भारत र पाकिस्तानी सेनाबीच गोली हानाहान हुँदा भारतीय सैनिकको ज्यान गएको थियो । तीमध्ये एक गोरखाका थापा मगर रहेका छन् ।
समाचार अनुसार, भारतीय गोर्खा रेजिमेन्टमा कार्यरत थापा मगर पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका थिए । घाइते थापा मगरलाई उपचारका लागि अस्पताल लगिएकोमा त्यही उनको मृत्यु भएको भारतीय सेनाले बताएको छ, उनी गेरखाका हुँन् ।