बैंकिङ प्रणालीमा तरलता थपिया,े १० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

पुस १७ , काठमाडौं
अधिक तरलता बढेर अल्पकालिन ब्याज दरहरु निक्कै तल आएपछि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्ने भएको छ । तरलता अधिक भएकै कारण अन्तर बैंक सापटी दर आधा प्रतिशतभन्दा तल आइसकेको छ । राष्ट्र बैंकले बिहीबार ’रिभर्स रिपो’ नामको मौद्रिक औजारबाट पैसा तान्ने भएको हो । राष्ट्र बैंकले १० अर्ब रुपैयाँ प्रणालीबाट तान्ने भएको हो। अहिले बैंकिङ क्षेत्रमा अनिवार्य तरलता अनुपात (सिआरआर) बाहेक ५० अर्ब रुपैयाँ अधिक तरलता छ । सरकारका लागि जारी गरिने ऋणपत्र (ट्रेजरी बिल्स) धितो राखेर राष्ट्र बैंकले बजारलाई पैसा दियो भने त्यसलाई ’रिपो’ भनिन्छ । त्यो रिपो परिपक्व नहुँदै बिक्री गरेर बजारलाई पैसा उपलब्ध गराउने प्रकृया ’रिभर्स रिपो’ हो । यो सात दिन अवधिको हुन्छ ।