June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रोलक्रम तोडदै भट्ट भए राष्ट्र बैंकको प्रबक्त्ता

रोलक्रम तोडदै भट्ट भए राष्ट्र बैंकको प्रबक्त्ता

पुुस १७, काठमडौं ।
वरियताको आधारमा राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी दिने प्रचलन रहेपनि यसपटक वरियतामा मिचेर नै नेपाल राष्ट्र बैंकका अनुसन्धान विभागको कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई प्रबत्ता बनाइएको छ । राष्ट्र बैंकले पौष १६ गतेदेखि लागू हुने गरी डा. भट्टलाई प्रवक्ताको जिम्मेवारी दिएको हो । यसअघि अगाडी रहेका आन्तरिक लेखा परीक्षण विभागका कार्यकारी निर्देशक रहेका भुवन कँडेलले जिम्मेवारी नपाएर भट्टले पाएका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा रहेका लक्ष्मी प्रपन्न निरौला ३० वर्षे सेवा अवधि पूरा गरी पौष ७ गतेदेखि अवकाश बिदामा बसेपछि रिक्त रहेको प्रवक्तको जिम्मेवारी भट्टले पाएका हुन् । भट्टले अर्थशास्त्रमा विद्यावारीधि गरेका छन् ।