April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

लुम्बिनीमा पर्यटकको आगमन घट्दो

लुम्बिनीमा पर्यटकको आगमन घट्दो

पुुस १७, काठमाडौं ।
सरकारले हिजो मात्र पर्यटन बर्ष २०२० को भब्य उदघाटन गर्दे २० लाख पर्यटन भित्राउने लक्ष्य राखेको छ । यो लक्ष्य पुरा गर्नको लागि महत्वपूर्ण भूमिका खेल्ने क्षेत्रमा पर्छ गौतमबुद्ध जन्म स्थाल लुम्बिनी । तर त्यही लुम्बिनीमा गत बर्ष पर्यटकको आगमन घटेको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा सन् २०१९ मा करिब १५ लाख पर्यटकले अवलोकन भ्रमण गरेका छन् । यद्यपी यो संख्या गतवर्षको तुलनामा झण्डै एक लाखले कम हो । सन् २०१८ मा आन्तरिक र वाह्य गरि १६ लाख पर्यटकले लुम्बिनी भ्रमण गरेका थिए । लुम्बिनी जाने सडक निर्माणका क्रममा भएको अवरोध लगायतले आन्तरिक पर्यटक घटेको हुनसक्ने लुम्बिनी विकास कोषले जनाएको छ ।
तेस्रो मुलुकका राहदानी बाहक एक लाख ६९ हजार नौ सय चारजना पर्यटकले गतवर्ष लुम्बिनी घुमेका छन् । यस्तै दुई लाख चार हजार ८ सय २५ जना भारतीय र ११ लाख ७८ हजार एक सय ४० स्वदेशी पर्यटकले लुम्बिनीको भ्रमण गरेका छन् । विदेशी पर्यटकमा सबैभन्दा बढी श्रीलंकाका ५९ हजार नौ सय ५९ पर्यटक छन् ।