April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

फलाम खानीमा सरकारको लगानी, धौवादी फलाम कम्पनी लिमिटेड गठन

फलाम खानीमा सरकारको लगानी, धौवादी फलाम कम्पनी लिमिटेड गठन

पुष १८, नबलपरासी ।
पूर्वी नवलपरासीको धौवादीस्थित खानीबाट फलाम निकाल्न गण्डकी प्रदेश सरकारले धौवादी फलाम कम्पनी लिमिटेड गठन गरेको छ ।सरकारले फलाम खानीमा ३ प्रतिशत शेयर लगानी गर्ने भएको छ । नवलपरासी वर्दघाट सुस्ता पूर्वमा रहेको धवादी फलाम खानी कम्पनी लिमिटेडमा प्रदेश सरकारले ३ प्रतिशतका दरले १२ करोड लगानी गर्ने प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतले बताए ।
प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रस्ताव अनुरुप मन्त्रिपरिषद बैठकले फलाम खानीमा शेयर लगानी गर्ने भएको हो । बैठकले फलाम खानीमा थप ४८ करोड शेयर लगानीका लागि उद्योग मन्त्रालयसँग अनुरोध गर्ने प्रस्ताव गरिएको उनले जनाए । साथै बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयलाई प्रदेश भवन निमार्ण सम्बन्धी विधेयक २०७६ को मस्यौदा तर्जुमा गर्न सैद्धान्तिक सहमतिसमेत दिने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव सोभाकान्त पौडेललाई दिइएको छ । पौडेलको संयोजकत्वमा ५ सदस्यीय कम्पनी सञ्चालक समितिमा समेत गठन गरिएको छ । समितिमा खानी तथा भू–गर्भ विभागका महानिर्देशक सोमनाथ सापाकोटा, उद्योग र अर्थ मन्त्रालयका सहसचिव तथा सडक विभागका सहसचिव सदस्य रहने छन् ।
तत्काल काम अघि बढाउन बनाइएको समितिमा पछि राजनीतिक नियुक्ति हुनेगरी समितिलाई पूर्णता दिइने भएको छ । सो कम्पनीको कार्यालय काठमाडौंको लैनचौरस्थित खानी तथा भू–गर्भ विभागको परिसरमै रहनेछ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ को धौवादी डाँडामा फलाम खानी भेटिएपछि त्यसको सञ्चालनका लागि समिति गठन भएको हो । खानी सञ्चालनका लागि साढे २ अर्ब रुपैयाँ बजेट माग गरेकोमा अर्थ मन्त्रालयले पहिलो किस्ता बापत २५ करोड रुपैयाँ निकासा गर्ने भएको छ ।
धौवादीस्थित खानीबाट निकाल्न सकिने फलामको परिणाम र गुणस्तरका बारेमा चीनको सिचुआन इन्स्टिच्यूट अफ मेटालर्जिकल जीओलजी एण्ड एक्स्प्लोरेशन छेन्दुमा ५ टन फलाम परीक्षणको अन्तिम चरणमा पुगेको छ । अबको २ महिना भित्र परीक्षण रिपोर्ट आइसक्ने भन्दै सो लगत्तै काम अघि बढाउने विभागको तयारी छ । धौवादीमा १० किलोमिटर लामो फलाम खानी भेटिएपछि सरकारले उत्खनन गरेर कारखाना सञ्चालनको प्रक्रिया अघि बढाएको हो ।
४ वर्ष अघिका काग्रेस सरकारका तत्कालीन उद्योग मन्त्री नविन्द्रराज जोशीले स्थलगत अनुगमन गरेर फलाम खानीसम्म पुग्ने सडक निमार्णका लागि बजेट विनियोजन गरेका थिए । महेन्द्रराजमार्गको डण्डा बजारबाट २४ किलोमिटर उत्तरमा धौवादी फलाम खानी रहेको छ । खानीसम्म पुग्ने सडक निमाणधिन अवस्थामा रहेको समेय यसैको चरमा उभिएर प्रदेश सरकारले फलाम खानीमा लगानी गरेको हो ।