April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

सुनलाई तरल बनाएर विमानस्थल कटाउँदै सुन भरिया

सुनलाई तरल बनाएर विमानस्थल कटाउँदै सुन भरिया

पुस १८, काठमाडौं ।
साढे ३३ किलो सुन तस्करी प्रकरणको छानविन टोलीको अनुसन्धानपछि त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलबाट हुने सुन तस्करी ठप्प भएको दाबी दावी गरिएपनि पछिल्ला दुई दिनमा नयाँ शैलीमा पुरानै बाटो बाट नेपालमा सुन ल्याउने गरेको पाइएको छ ।
नयाँ सुन भरियाले मलद्वारमा लुकाएर मेटल डिटेक्टर मेसिनले समेत पत्ता लगाउँन नसक्ने गरी सुन बोक्न थालेको पाइएको छ । तरल बनाएर मेटल डिटेक्टरले पनि काम नगर्ने गरी सुन ल्याएको पाइएपछि सुराकीको आधारमा सुन पत्ता लगाउन काठमाडौं मेडिकल कलेजमै लगेर एक्सरे गर्नुपरेको छ । यसरी एक्सरे गरेर विमानस्थलबाट २ किलो सुनसहित दुई जना भारतीय मुलका सुन भरीया प्रहरीले नियान्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा भारत महाराष्ट्रका नविन गोपी चन्द र भरत सुरेशलाल छन् । यसअघि मंगलबार पनि यही शैलीबाट ल्याइएको आधा किलो सुनसहित महाराष्ट्रकै हरिराम नेपाली पक्राउ परेका थिए । तस्करी रोक्न अलम्बन गर्नुपर्ने विधिबारे सुझावसहित प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइएको प्रतिवेदन पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन ।