जापानले नर्सिङ केयर गिभरका लागि भाषा परीक्षा लिने

जापानले नर्सिङ केयर गिभरका लागि भाषा परीक्षा लिने

पुस १९, काठमाडौं ।

जापानले दोस्रो पल्ट नर्सिङ केयर गिभरका लागि भाष परीक्षा लिने भएको छ । जापानले जनवरी र मार्चमा गरी दुई चरणमा केयर गिभरका लागि भाषा परीक्षा सञ्चालन गर्न लागेको हो । जापान फाउन्डेसनले परीक्षामा सहभागी हुन चाहनेसँग आवेदन माग गरेको छ । जपानले जनवरीमा १ हजार र मार्चमा १ हजार ३ सय जनाले परीक्षामा सहभागी गराउँने लक्ष्य सहित भाषा परीक्षामा सामेल गराउँन लागेको हो ।
जनवरी १० दिन र मार्चमा १२ दिन परीक्षा संचालन हुने छ । जापानले यसअघि कात्तिक सञ्चालन गर्दा भाषा परीक्षामा ५६ जना नेपाली उत्तीर्ण भएपनि कुनैपनि परीक्षार्थी जापान गएका छैनन् । स्क्रिप्ट, भुक्याबलरी, कन्भेक्सनल एन्ड एक्स्प्रेसन, राइटिङ टाइप र कम्प्युटरमा टाइपिङ स्किलमा आधारित भएर परीक्षा हुनेछ । २५० पूर्णाङ्कको परीक्षामा २ सय अंक आए मात्र परिक्षार्थी पास हुने छन् । परीक्षामा सहभागी हुन जापानी भाषामा ए टू लेभल आवश्यक पर्नेछ त्यो भनेको दैनिक जीवनमा आवश्यक पर्ने कामका लागि भाषा बोल्ने क्षमता राख्नु हो । परीक्षामा समेल हुनको लागि नेपाली नागरिकता, राहदानी वा सवारी चालक अनुमतिपत्रलाई अनिवार्य गरिएको छ ।