पर्यटन बोर्डमा नौ भाईको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

पर्यटन बोर्डमा नौ भाईको प्रतिस्पर्धा, कस्ले मार्ला बाजी ?

पुस २०, काठमाडौं ।

नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुखको हुने भन्ने कडा प्रतिस्पर्धा हुन थालेको छ । प्रतिस्पर्धीहरु यतिखेर जसरी भएपनि आफ्नो पल्लका माथि पर्न लागि परेका छन् । यसको लागि ९ उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । पुस महिनाबाट बोर्डको कार्यकारी प्रमुख पद रिक्त हुने भएपछि पूर्तिका लागि नेपाल पर्यटन बोर्डले कार्यविधि नै बनाएर खुला विज्ञापन आहृवान गरेको थियो । जसमा विभिन्न व्यक्तिहरूले इच्छा देखाउँदै आवेदन दिएका थिए । तीमध्ये ९ जनाको नाम सर्ट लिस्टिङमा परेको कार्यकारी प्रमुख छनौट उपसमितिको सचिवालयले जनाएको छ । प्रतिस्पर्धामा निवर्तमान भइसकेका दीपकराज जोशीसमेत छन् । जोशी जसरी पनि पुन बोर्डको पुन कार्यकारी बन्नको लागि परेका छन् । त्यही भएर नै उनले हाल समय सकिएपनि पर्यटन प्रबद्र्धनमा सक्रिय भएर लागेका छन् । सस्कृति पर्यटन मन्त्री योगश भट्टराईले प्रर्यटन बर्ष शुरु भएकाले पनि केही समय म्याद थप्ने भन्दा आफै मानेका थिएनन् । उनले मन्त्री भट्टराईलाई आफै् प्रतिस्पर्धामा रहेको समय नथप्न भनेको थिए । यदी समय थपिएमा मन्त्रीको समेत मिलेमतो हुने भन्दै घुमाउरो तरिकाले आफै पूनः कार्यकारी प्रमुख हुन लागि परेका हुन् । उनी कार्यकारी बन्ने पहिलो लाइनमा रहेको मन्त्रालय स्रोतले बताएको छ । दिपक पछि बोर्डको बरिष्ठ अधिकृत रोहिणीप्रसाद खनाल रहेका छन् । पुर्खोली घर भोजपुर भएका उनी कुनै समय बोर्डमा दिपक भन्दा सिनियर कर्मचारी थिए । उनी राष्ट्रपति विद्यादेवी भण्डारीको निकट मानिन्छन् । त्यसो त उनी एक नम्बर प्रदेशका मुख्य मन्त्री शेरधन राई, स्वास्थ्य मन्त्री भानुभत्त ढकाल, कृपाशुर शेर्पा देखी झण्डै आधा दर्जन नेताको बलियो साथ छ । उनी पनि बोर्डको पहिलो रोजाईमै रहेका छन् । त्यस्तै पूर्व झापा तीर पूर्खेली घर भएका बोर्डकै कर्मचारी नवीन पोखरेल पनि बोर्डको कार्यकारी बन्ने दैरानमा कडा प्रतिप्रधीकै रुपमा छन् । पूर्व एमाले र नेपाली काग्रेशका दुबै नेता सित नजिक उनी प्रधानमन्त्री को पी ओलीकै समर्थनमा कार्यकारी बन्ने दौडमा लागेका छन् । सर्ट लिस्टिङमा समेटिनेमा काशीराज भण्डारी, दीपक बस्ताकोटी, धनञ्जय रेग्मी, बच्चुनारायण श्रेष्ठ, सन्तोषविक्रम थापा र हिक्मत सिंह ऐर पनि बोर्डको प्रमुखको दौडमा छन् । सबैजना आफ्नो लाइन मिलाउन नेताको घर दैलो लागि परेका छन् ।
सचिवालयका अनुसार, सर्ट लिस्टिङमा परेका उम्मेदवारहहरूको आउँदो माघ २ र ३ गते व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ता राखिएको छ । व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तवार्तापछि यिनै ९ मध्ये एकले बोर्डको कार्यकारी प्रमुखको बागडोर सम्हाल्ने छन् ।