रा.वा.बैंक कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

रा.वा.बैंक कर्मचारी संघ नेपालको सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न

पुस २०, काठमाडौं ।
राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको स्थापना, विकास, विस्तार तथा गरिमा बृद्धिमा उच्च योगदान गर्ने बैंकको सेवाबाट निवृत्त हुनुभएका कर्मचारी संघका ६७ जना पूर्व पदाधिकारीहरुलाई कर्मचारी संघले एक समारोहका बीच दोसल्ला तथा सम्मानपत्र सहित सम्मान तथा बिदाइ गरेकोे छ ।
पेशागत महासंघ नेपालका अध्यक्ष एवं नेकपाका केन्द्रीय सदस्य विश्वनाथ प्याकुरेलको प्रमुख आतिथ्यतामा भएको उक्त कार्यक्रमको अध्यक्षता राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालका अध्यक्ष हेमराज सुेवेदीको गर्नुभएको थियो । सो कार्यक्रममा विभिन्न विषयका विद्धानहरुको लेख समेटिएको संघको मुखपत्र लक्ष्ययात्रा २०७६ को विमोचन समेत गरिएको थियो । कार्यक्रममा पेशागत हक, हित तथा सस्थाको सम्बद्र्धनका बिषयमा ब्यापक रुपमा विषयहरु उठान गरिएको थियो ।
सो कार्यक्रममा संघका पूर्व अध्यक्ष तथा बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघ (द्यक्ष्ँग्) नेपालका राष्ट्रिय समितिका अध्यक्ष नारायण प्रसाद सुवेदी, पूर्व अध्यक्षहरु वेदबहादुर लावती, शिबकुमार अधिकारी, महेशराज खरेल, पूर्व उपाध्यक्ष रोहित रेग्मी, पूर्व सचिव सुमित्रा बि.सी.ले मन्तब्य ब्यक्त गर्नुभएको थियो । बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको सो कार्यक्रममा महासचिव लक्ष्मीप्रसाद पाण्डेयले कार्यक्रम संचालन गर्नुभएको थियो । कार्यक्रममा संघका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रेहको थियो ।