May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

भक्तपुर उद्योग वाणिज्यमा प्रदीप स्वतः भए अध्यक्ष

भक्तपुर उद्योग वाणिज्यमा प्रदीप स्वतः भए अध्यक्ष

पुस २०, भक्तपुर ।
भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा प्रदीप श्रेष्ठ भएका छन् । संघको शनिवार सम्पन्न ३२ औं अधिवेशनले मानन्धरलाई श्रेष्ठलाई अध्यक्षामा चयन गरेको हो । संघको विधान अनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । सो व्यवस्था अनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष प्रदिप श्रेष्ठ अध्यक्षमा चयन भएका छन् । यस्तै‚ वरिष्ठ उपाध्यक्षमा शिवप्रसाद मानन्धर विजयी भएका छन् । यसअघि सर्वसम्मत पदाधिकारी चयन गर्दै आएको संघमा पहिलो पटक निर्वाचन भएको हो । दुई समूहमा विभाजित भई निर्वाचनमा होमिएको उद्योगी व्यवसायीहरुले मानन्धरको समूहलाई विजयी गरेका छन् । मानन्धरको प्रतिष्पर्धी राजु मृगेन्द्र जोशी थिए । मानन्धर यसअघि उपाध्यक्ष थिए भने जोशी महासचिव थिए। अधिवेशनले संघको उपाध्यक्षमा साधारणतर्फ महेशबहादुर धौबञ्जार, एसोसियटतर्फ कृष्णमुरारी न्यौपाने र वस्तुगततर्फ रोशन भोयद्योलाई निर्विरोध निर्वाचित गरेको छ । त्यस्तै, महासचिवमा रोशनीमैया धौबञ्जार निर्वाचित भएकी छिन् । सचिवमा गणेशहरि प्रजापति निर्विरोध निर्वाचित भएका छन् । कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा राजन श्रेष्ठ निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा एसोसियटतर्फ राजेन्द्रप्रसाद प्रजापति र वस्तुगततर्फ कृष्णगोपाल सैंजू निर्विरोध निर्वाचित भए । त्यस्तै सदस्यमा विश्वराम दुवाल, शम्सेरकुमार बम, रुकेश रञ्जित, रञ्जित मारिखु, गौतम सुजखु, जगनाथ श्रेष्ठ, दिनेश गोसाईं, पृथ्वीभक्त प्रजापति, नवीन प्रजापति, र राजेश त्वानाबासु निर्वाचित भएका हुन् ।