June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अक्षय करीनाको ‘गुड न्यूज’ कमाई दुई सय करोड क्लबमा

अक्षय करीनाको ‘गुड न्यूज’ कमाई दुई सय करोड क्लबमा

पुस २०, काठमाडौं । अक्षय कुमार र करीना कपूर खान स्टार फिल्म ‘गुड न्यूज’ ले भारतीय फिल्म उद्योगलाई यतिखेर तताएको छ । प्रदर्शनको पहिलो दिन १७ करोड ५६ लाखको कमाई गर्दै सानदार ओपनिङ गरेको यो फिल्मले पहिलो विकेन्डमा बक्सअफिसमा ५० करोडको आँकडा पार गर्न सफल भएको थियो । यसबीच, प्रदर्शनको ८ दिनमा फिल्म दुई सय करोड क्लबमा प्रवेश गरेको छ । योसँगै भारतीय फिल्मका व्यापार विश्लेषकहरुले यो फिल्मलाई २०१९ को हिट फिल्म घोषणा गरेका छन् ।
बक्सअफिसमा ‘गुड न्यूज’ को टक्कर सलमान खान अभिनीत फिल्म ‘दबंग ३’ सँग छ । तर, ‘दबंग ३’ को बावजूद पनि अक्षय कुमारको फिल्म ‘गुड न्यूज’ ले बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । यो फिल्मले सलमानको फिल्मको व्यापारमा ठूलो असर गरेको छ । किनकि, ‘दबंग ३’ को ‘वर्ड अफ माउथ’ कमजोर छ । कमेडी ड्रामा ‘गुड न्यूज’ को कहानी दुई कपल (बत्रा भर्सेस बत्रा) को हो । दुवैले बच्चा जन्माउनका लागि गरेको अभिनय रोमाञ्चित छ ।