May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

सुनको मुल्यमा नयाँ रेकर्ड, ताेलाकाे ७६ हजार

सुनको मुल्यमा नयाँ रेकर्ड, ताेलाकाे ७६ हजार

पुस २१, काठमाडौं ।
सुनको भाउ सोमबार तोलाको ७६ हजार रुपैयाँ पुग्दै नयाँ रेकर्ड बनाएको छ । अमेरिका र ईरानबीचको तनाव, डलर बलियो तथा भारतीय रुपैयाँ कमजोर भएकाले पनि नेपालमा सुनको भाउ बढेको हो ।
लगातार बढिरहेको सुनको भाउ सोमबार तोलामा ५ सय रुपैयाँ बढेर अहिलेसम्मकै महँगो भएको हो । सुन आइतबार तोलामा १ हजार रुपैयाँ बढेको थियो । सुन महँगो भएसँगै कारोबार भने घटेको छ ।
गएका पाँच दिनमा सुनको भाउ तोलामा झण्डै २५ सय रुपैयाँ बढेपछि कारोबार ठप्प जस्तै भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घको मूल्य निर्धारण समितिका संयोजक तेजरत्न शाक्यले जानकारी दिनुभयो ।
अन्तर्रािष्ट्रय बजारमा सुनको भाउ बढिरहेको र अझै बढ्ने अनुमान गरिएकाले नेपालमा पनि भाउ अझै बढ्ने सम्भावना रहेको हो ।