May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

महिला उद्यमशिल बनाउन एफएनसीसीआई र सनराइज बैंकको पहल

महिला उद्यमशिल बनाउन  एफएनसीसीआई र सनराइज बैंकको पहल

पुस २१ काठमाडौ
महिला उद्यमिलाइ उर्जागर , सशक्तिकरण बनाउनका साथै उद्यमशीलता विकासका लागि नेपाल उद्योग वाणिज्य महासंघ र सनराइज बैंकबीच सहमति भएको छ ।
उक्त कार्यक्रममा महासंघकी अध्यक्ष भवानी राणाको उपस्थितीमा महासंघका महानिर्देशक धरणीधर खतिवडा र सनराइज बैंककी नायव प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले हस्ताक्षर गरका थिय ।
महासंघमा आबद्ध सबै उद्यमीहरूलाई उद्यमशिल बनाउने मुख्य उद्देश्यका साथ बैंकले उपलब्ध गराउने कर्जा लिँदा सहुलियत दिने र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भनि उल्लेख गरेको छ ।
उक्त समझौताले महिलालाई मोबाइल बैङकिङ पहुँचक साथै अर्थतन्त्रको मूल प्रवाहमा समाहित गरी मुलुकभित्र उद्यमशीलता विकास गर्न सहमति कोशेढुंगा हुने विश्वास गरेको छ ।
आर्थिक रूपमा महिला सशक्त नभएसम्म मुलुकले लिएको आर्थिक समृद्धिको लक्ष्य हासिल हुन नसक्ने भन्दै महासंघ र बैंक बीचको सहकार्य भएको थियो ।