April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एन आइसि एसियाको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक

एन आइसि एसियाको न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक

पुस २१, काठमाण्डाँै
आफ्ना ग्राहक तथा आम सर्बसाधारण लाइ थप सेवा सुविधा प्रदान गर्न उद्देश्यका साथ न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सार्वजनिक गरेको छ ।
नयाँ वर्ष २०२० को उपलक्ष्यमा ग्राहकहरुलाई सर्वा्धिक उच्च प्रतिफलको साथमा चमत्कारिक फाईदाहरु समेटी उत्कृष्ट बीमा सुरक्षा योजना, कर्जाको ब्याजदर तथा प्रशासनिक शुल्कमा विशेष छुट, निःशुल्क होम बैंकिङ्ग सुविधा, निःशुल्क लकर सुविधा, देशभरका कुनै पनि बैंकको कुनै पनि एटीएमबाट रकम झिक्दा शुल्क नलाग्ने, लगायतका ३० चमत्कारिक फाइदाहरुसहित बैंकले न्यू सुपर चमत्कारिक निक्षेप योजनाहरु सञ्चालनमा ल्याएको हो ।
ग्रहाकको सेवा सुविधालाइ ध्यानमा राखि खाता खोल्ने ग्राहकले रु २१ लाखसम्मको बीमा सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । खातावालाको दुर्घटनाबाट मृत्यु भएमा वा पूर्ण रुपमा अशक्त भएमा रु १० लाखसम्मको बीमा सुविधा, १८ घातक रोगहरुका लागि रु १० लाख सम्मको बीमा सुविधा र रु १ लाखसम्मको औषधी उपचार बीमा सुविधा समेत प्राप्त गर्न सकिनेछ ।

औषधी उपचार बीमा अन्तर्गत बैंकले आफ्ना ग्राहकलाई अझ विशेष सुविधा दिने उद्देश्यले बहिरङ्ग उपचारमा रु २० हजारसम्म र अस्पताल भर्ना बापत रु ८०
खाताहरुमा बार्षिक ६.५ प्रतिशत ब्याजदर प्राप्त हुनेछ भने डायमण्ड सेरिजको बचत खातामा अति विशिष्ट सुविधाहरु रहेका छन् ।
यी खाताका अर्को विशेष आर्कषण भनेको स्विप इन–स्विप आउट सुविधा हो जसअन्तर्गत बैंकले सुपर चमत्कारिक बचत खातामा रु २००,००० भन्दा बढी रकम भएमा, उक्त बढी रकमलाई रु १०,००० ले गुणन गर्ने गरी तीन महिनाको मुद्दती निक्षेपमा स्वतः रकमान्तर गर्नेछ र सो रकममा ९.७५ प्रतिशतसम्मको ब्याजदर प्रदान गर्नेछ ।
हाल यो बैंकको मुलुकभर ३१३ शाखा कार्यालयहरु, ४०८ एटिएम, १०३ वटा एक्स्टेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्ग इकाईको वृहत सञ्जाल रहेको छ । बैंकले हाल २० लाख हाराहारीमा रहेका ग्राहकहरुलाई सुविधा प्रदान गरिरहेको छ ।