April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

नविल इन्भेष्टमेन्टद्धारा बिजनेश क्लिनिकको सुरुवात

नविल इन्भेष्टमेन्टद्धारा बिजनेश क्लिनिकको सुरुवात

पुस २१, काठमाण्डौं ।
नबिलले नयाँ वर्षको अवसरमा व्यवसाय गर्न चाहने व्यक्ति तथा संस्थाहरु र आफ्नो व्यवसाय विस्तार गर्न व्यक्ति तथा संस्थाहरुका लागि संस्थागत परामर्शदाता सेवाअन्तर्गत बिजनेश क्लिनिक संचालनमा ल्याएको छ ।
बिजनेश क्लिनिक को अर्थ वित्तिय लगानिका क्षेत्रहरको पहिचान गरि आइपर्ने समस्या समाधान गर्ने परामर्श हो ।
ग्राहक , सर्वसाधारणहरुले यस बैंकका लगानी विशेषज्ञहरुद्वारा आफ्नो वित्तिय लगानीलाइ कसरि , कहाँ र किन लगानि गर्ने तथा व्यवस्थापन, पोर्टफोलियो संरचना निर्माण, पोर्टफोलियो फेरबदल तथा पुनरसंरचना, शेयर खरिद तथा बिक्री गर्ने निर्णय सम्बन्धी परामर्श सेवा समेत लिई आफ्नो सम्पत्तिको जोखिम न्यूनिकरण गरी प्रतिफलको उद्देश्य प्राप्त गर्नसक्ने सुविधा लिन सकिन्छ् ।
उक्त सेवा सार्वजनिक विदाको दिनबाहेक प्रत्येक शुक्रवार बिहान १० बजेदेखि दिनको १ः०० बजेसम्म संचालनमा रहनेछ । एक पटक यो सेवा लिन आउँदा रु। १००० को टिकट काट्नु पर्ने र यो टिकटबाट एक महिनासम्मको प्रत्येक शुक्रबार पुनः बिना कुनै शुल्क परामर्श लिन सकिने व्यहोरा कम्पनीले जनाएको छ ।