June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

अर्थमन्त्री खतिवडा यथाबत रहनेः थाले बजेट बनाउँन

अर्थमन्त्री खतिवडा यथाबत रहनेः थाले बजेट बनाउँन

पुस २३, काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले राष्ट्रिय सभाका सदस्यमा डा. युवराज खतिवडालाई उम्मेदवार नबनाएपछि अर्थमन्त्रीमा उनको निरन्तरता हुने–नहुने विषयले बजार तरंगित भएको छ । खासगरी अर्थमन्त्रीबाट खतिवडा हट्दै छन् भन्ने हल्लाले सेयर बजारमा उच्च बृद्धि भएको छ । तर राष्ट्रिय सभा सदस्यमा खतिवडा पुनः नियुक्त हुने सम्भावना कायमै छ, सदस्य नरहे पनि आगामी २० भदौसम्म उनै अर्थमन्त्री हुन सक्नेछ । 
खतिवडा राष्ट्रपतिबाट मनोनीत भएर राष्ट्रिय सभा सदस्य बनेका हुन् । राष्ट्रपतिबाट मनोनीत तीन जनामध्ये खतिवडाको कार्यकाल फागुनमा सकिँदै छ । रिक्त हुने सो सिटमा खतिवडालाई नै ल्याउने तयारी राजीतिक उच्च नेतृत्वले गरेको छ । खतिवडाले नै निरन्तरता पाउँने भएपछि प्रधानमन्त्री केपी ओलीले पनि बजेट बनाउँन लाग्नु भन्ने संकेत दिएपछि यतिखेर खतिवडा तेस्रो बजेट ल्याउने तयारीमा लागेका छन् ।
सरकारले गरेका काम–कारबाहीका विषयमा तथ्यांकसहित बलियो रूपमा बचाउ गर्ने खतिवडा यतिखेर प्रधानमन्त्रीका पहिलो रोजाइका मन्त्री समेत हुन् । प्रधानमन्त्रीका तर्फबाट अन्तर्रा्ष्ट्रिय दाताहरूसँग समेत खतिवडा आफैले समन्वय गर्ने गरेका छन् । विकास साझेदारसँग राष्ट्रको हितका विषयमा कडा र स्पष्ट अडान लिन सक्ने अर्थमन्त्रीको छवि उनले बनाएका छन् ।
प्रम सचिबालय स्रोत भन्छ, ‘अनुसार खतिवडा सांसद रहे पनि, नरहे पनि आगामी आवको बजेट ल्याउँने जिम्मा खतिवडालाई नै प्रधानमन्त्रीले दिनु भएको छ ।’ अर्थमन्त्री खतिवडाको कामसँग प्रधानमन्त्री केपी ओलीको प्रतिष्ठा पनि गाँसिएको छ । अर्थमन्त्री खतिवडा असफल हुनु भनेको प्रधानमन्त्री आफैं असफल हुनु हो । विगत लामो समयदेखि प्रधानमन्त्रीको विश्वासपात्र मा पहिलो नम्बरमा अर्थमन्त्री खतिवडा नै पर्दे आएका छन् । त्यही भएर पनि उनी अघिल्लो मन्त्री हेरफेरमा यथावत रहे । खतिवडालाई हटाउन निजी क्षेत्रको मात्रै होइन, पार्टी्भित्रैबाट ठूलो दबाब थियो । तर प्रधानमन्त्रीले उनलाई हटाएउने बारे कुरै गर्न चहेनन् । परिमाण खतिवडा अर्थमै यथाबत रहे ।