April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

मेगा बैंकद्वारा ब्ल्यांकेट सहयोग

मेगा बैंकद्वारा ब्ल्यांकेट सहयोग

पुस २३, काठमाडौं
मेगा बैंक नेपालले लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि ब्ल्यांकेट सहयोग गरेको छ ।
बैंकले लुम्बिनी विकास मञ्चमार्फत लुम्बिनी क्षेत्रका मुसहर र नेटुवा बस्तीका लागि उक्त सहयोग गरेको हो । सहयोगबाट यी समुदायका करीब १५० भन्दा बढी घरधुरीका लगभग २०० बालबालिका लाभान्वित भएका छन् ।
शीतलहरबाट प्रभावित हुने जोखिम रहेका मुसहर र नेटुवा बस्तीका बासिन्दालाई सहयोग र्पुयाउने उद्देश्यले मञ्चमार्फत १५० थान ब्ल्यांकेट सहयोग गरेको बैंकले जानकारी दिएको छ ।