लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, वार्षिक साधारणसभा कहिले ?

लुम्बिनी विकास बैंकको सेयरमूल्य समायोजन, वार्षिक साधारणसभा कहिले ?

पुस २३ , काठमाण्डौ
नेपाल स्टक एक्सचेन्ज ले बुधबार गत आर्थिक बर्षको बोनस सेयरका लागि लुमविनि विकास बैंकको सेयर मुल्य समायोज्न गरेको छ
गत आर्थिक वर्षका लागि लुम्बिनि विकास बैंकले प्रस्ताब गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयर समायेजन गरेको हो । लुम्बिनि विकास बैंकको प्रतिकित्ता १९४.२९ रुपैँया कायम गरेको छ । समायोजित मुल्यमा यस बैंकको सेयर कारोबारोमा आउनेछ ।
बैंकले सेयरधनीहरुलाई लाभांशका रुपमा चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख ६३ हजार ५५१ रुपैयाँको ५ प्रतिशतले हुन आउने १२ करोड ९३ लाख ४८ हजार १७७.५५ रुपैयाँबराबरको बोनस सेयर र १५ प्रतिशतले हुन आउने ३८ करोड ८० लाख ४४ हजार ५३२.६५ रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
प्रस्ताब गरेको २० प्रतिशत लाभांश २९ गतेको १२ औं बार्षिक साधारणसभा बाट पारित हुनेछ । बैंकले आज बुधबारदेखि बुक क्लोज गर्दैछ ।