April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

एलआईसीको ‘जीवन बचत’ योजना सार्वजनिक

एलआईसीको ‘जीवन बचत’ योजना सार्वजनिक

पुस २३, काठमाडौं ।
एलआइसि एसीयाले नयां विमा योजना ‘जीवन बचत’ सार्बजनिक गरेको छ । कम्पनीले मंगलबार काठमाडौंमा एक समारोहबीच “जीवन बीमासहितको खुसीको बचत, जीवन बचत” भन्ने सन्देशका साथ एलआईसी नेपालले एकल बीमाशुल्क जीवन बीमा योजना बजारमा ल्याएको छ ।
न्युनतम बीमाङ्क रकम रु. १ लाख कायम गरिएको छ अधिकतम बीमाङ्कको सीमा अन्डरराइटिङ्ग नियमानुसार जति पनि लिन सकिनेछ् । । १६ देखि ६५ बर्ष सम्मका मानिसहरुले उक्त विमा योजना लिन पाउनेछन् ।
बीमा अवधि न्युनतम ५ बर्ष र अधिकतम २५ बर्ष रहेको छ । बीमितले इच्छा अनुसार ५ देखि १० वर्ष भित्र सो रकम तोकिएको व्याजसहित किस्ताबन्दीमा समेत लिन सक्ने विशेषता पनि समावेश गरिएको क छ ।
अधिकतम रु. ७५ लाखसम्मको दुर्घटना लाभसमेत उपलब्ध छ । बीमाशुल्क भुक्तानीको १ वर्ष पश्चात् बीमितले कम्पनीबाट कर्जा तथा बीमा समर्पण सुविधासमेत लिन सक्नेछन् ।