एनएमबी बैंकको वार्षिक साधारणसभा आज, के छन् मुख्य अजेन्डा ?

एनएमबी बैंकको वार्षिक साधारणसभा आज, के छन् मुख्य अजेन्डा ?

पुस २४, काठमाण्डौ ।
एनएमबी बैंकको बार्षीक साधारणसभा आज ललितपुरको जावलाखेल स्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा हुदैछ् । गत आर्थिक बर्षको मु–नाफा बाट प्रस्ताब गर्ने भनिएको नगद लाभांस ३५ प्रतिशत अनुमोदन गर्नेछ् । बैंकले मर्जरको लागि पनि छलफछ गर्नेछ् । संस्थापक बाट ३ जना र सर्वसाधारण बाट ३ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि रहेको छ ।
प्रस्तावित लाभांशमा चुक्ता पुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७.९६ रुपैयाँको २१ प्रतिशतले हुन आउने २ अर्ब ४२ करोड १२ लाख ४५ हजार ७५९ रुपैयाँबराबरको बोनस सेयर र १४ प्रतिशतले हुन आउने १ अर्ब ६१ करोड ४१ लाख ६३ हजार ८३९.११ रुपैयाँबराबरको नगद लाभांश ९ लाभांश करसहित रहेको छ ।
आर्थिक वर्ष २०७५–७६ को वार्षिक प्रतिवेदनमा छलफल गर्ने र नाफा–नोक्सान हिसाब पारित गर्ने एजेन्डा रहेको छ । बैंकले पुस ४ गतेदेखि आजसम्म बुक क्लोज गरेको छ । पुस ३ गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।