जानकी फाइनान्सको बार्षिक साधारणसभा आज

जानकी फाइनान्सको बार्षिक साधारणसभा आज

पुस २४ , काठमाडौँ ।
जानकि फाइनान्सले आफनो बार्षिक साधारणसभा धनुषाको जनकपुरधामस्थित होटल मानकी इन्टरनेसनलमा आज गर्दैछ ।
कम्पनीले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई चुक्तापुँजी २२ प्रतिशतले हुन आउने १० करोड ८२ लाख ७० हजार ८६६ रुपैयाँबराबरको बोनस सेयर र १.१६ प्रतिशतले हुन आउने ५१ लाख ९८ हजार ४६७ रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त चुक्तापुँजीको कुल २३.१६ प्रतिशत लाभांश पारित हुनेछ ।
जानकी फाइनान्सले मर्जरमा जानको लागि आफनो चल अचल सम्पत्ति तथा दायित्व र कारोबारको मूल्यांकन गर्ने आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ ।