April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

सुदूरपश्चिममा पर्यटकको आइरो, पर्यटकलाई पुग्ने पूर्वाधारको भने कमी ?

सुदूरपश्चिममा पर्यटकको आइरो, पर्यटकलाई पुग्ने पूर्वाधारको भने कमी ?

पुस २४ , काठमाडौं ।
नेपाल भ्रमण वर्ष २०२० प्रारम्भ भएसँगै सुदूरपश्चिम प्रदेशमा आउने भारतीय पर्यटकको संख्यामा वृद्धि भएको छ । भ्रमण वर्ष सुरु भएपछिको ६ दिनमा सुदूरपश्चिमका तीनवटा नाकाबाट ५ हजार एक सय ५८ जना भारतीय पर्यटक नेपाल आएका छन् ।
पर्यटकहरूको चहलपहल बढेपछि सुदुरपश्चिमका होटेल(व्यवसायीहरु पनि उत्साहित भएका छन् । पर्यटकहरूको आगमनमा वृद्धि भएको छ । यसैगरी संख्या बढेमा सरकारको लक्ष्य पुरा हुने देखिन्छ ।
प्रादेशिक ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार १ हजार १ सय ३४ वटा सवारीसाधनमा ती भारतीयहरु आएका हुन् । यो अवधिमा सबैभन्दा बढी कैलालीको त्रिनगर नाकाबाट ६ सय ९३ सवारी साधनमा २ हजार ८ सय ५१ जना आएका छन् ।
यसैगरी खक्रौला नाकाबाट १ सय ४५ सवारीमा ७ सय ६९ जना र कञ्चनपुरको गड्डाचौकी नाकाबाट २ सय ९६ सवारीमा एक हजार ५ सय ३८ जना पर्यटक भित्रिएको जिल्ला ट्राफिक कार्यालय कैलालीले जनाएको छ । प्राकृतिक स्रोतले भरिपुर्ण सुदुरपश्चिममा घोडाघोडि ताल ,खप्तड , दोधारा चाँदनि ,अपि हिमाल , सैपाल हिमाल , उग्रतारा , रामारोशन ताल , बैद्यनाथधाम प्रमुख पर्यटकीय स्थल रहेका छन् ।
सुदुरपश्चिममा भौतिक पूर्वाधारको अभाब ः ५ करोड बजेटको लगानिमा सरकारले भ्रमण वर्ष २०२० को भव्यरुपमा कार्यक्रम गरेको थियो तर भौतिक पूर्वाधार निर्माणमा आवश्यक ध्यान दिन सकेको छैन । सुदूरपश्मिमा पूर्वाधारको अवस्था दयनीय भन्दा पनि हुन्छ पर्यटकलाई खान बस्न लाइ राम्रो हाटेल छैन , होमस्टे सञ्चालनमा छैन , पर्यटक गन्तव्य स्थल पुग्न यातायात तथा सडकको