May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर दोस्रो नम्बरमा आर्थिक वृद्धिदर ६.४ % ः विश्व बैंक

दक्षिण एसियामा नेपालको आर्थिक वृद्धिदर दोस्रो नम्बरमा आर्थिक वृद्धिदर  ६.४ % ः विश्व बैंक

पुस २४ ,काठमाण्डौ ।
विश्व बैंकले सन् २०१९ र २० मा नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत हुुने प्रक्षेपण गरेको छ । विश्व बैंकले बुधबार ग्लोबल इकोनोमी प्रोस्पेक्ट २०२० प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । यो आर्थिक वृद्धिदर विश्व बैंकले सन् २०१८ र १९ का लागि गरेको प्रक्षेपणभन्दा ०.७ प्रतिशतले कम हो । अघिल्लो वर्ष विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुुने अनुुमान गरेको थियो ।
विश्व बैंकको प्रतिवेदनअनुसार दक्षिण एसियाली क्षेत्रका बढी आर्थिक वृद्धि हुुने देशमा नेपाल दोस्रो स्थानमा रहनेछ । पहिलो स्थानमा भने ७.२ प्रतिशतका साथ बंगलादेश रहनेछ ।
तेस्रो, चौथो, पाचौँ, छैटौँ र सातौँमा क्रमशः भुटान ५.६, माल्दिभ्स ५.५, भारत ५, श्रीलंका ३.३, अफगानीस्तान ३ र पाकिस्तान २.४ प्रतिशतका साथ सबैभन्दा पुछारमा रहनेछन् । त्यस्तै विश्व बैंकले सन् २०२० र २१ र सन् २०२१ र २२ का लागि पनि आर्थिक वृद्धिदर प्रक्षेपण गरेको छ । जसअनुसार यी वर्ष नेपालको आर्थिक वृद्धिदरमा झिनो सुधार हुँदै क्रमश ६.५ र ६.६ प्रतिशतका साथ तेस्रो र दोस्रो स्थान ओगट्ने अनुमान गरिएको छ । यी वर्षमा पनि बंगलादेश समान ७.३ प्रतिशतका साथ पहिलो स्थानमै यथावत रहनेछ ।
नेपाल सरकारले चालुु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने महत्वाकांक्षी लक्ष्यलाई राखेको । विश्व बैंकको यो प्रक्षेपण नेपाल सरकारको लक्षित आर्थिक वृद्धिदरमा धक्का पुगेको छ ।