June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

रत्ननगर महोत्सव शुरु

रत्ननगर महोत्सव शुरु

पुस २४ , काठमाडौं ।
रत्ननगर उद्योग वाणिज्य संघको आयोजनामा आजबाट रत्ननगर टिकौलि चोकमा महोत्सवको शुरु भएको छ । दुई–दुई वर्षको अन्तरमा सञ्चालन हुँदै आएको उक्त महोत्सवको आजबाट शुरु भएको हो ।
टिकौलि चोकमा माघ ७ गते सम्म सञ्चालन उक्त महोत्सवमा ५ लाख भन्दा बढी दर्शककोे उपस्थिति रहने अपेक्षा आयोजकले गरेको छ । उद्योग व्यापार, कृषि, पर्यटन, सूचना प्रवृत्ति एवं स्थानीय उत्पादनका स्टल रहने उक्त महोत्सवमा ५० करोडभन्दा बढीको कारोवार हुने अनुमान गरिएको छ । आयोजकका अनुसार हालसम्म ५२१ ओटा स्टलको बुकिङ भइसकेको छ । १२ दिनसम्म संचालन हुने महोत्सवमा राष्टियस्तरका कलाकारको बेजोड प्रस्तुति, विभिन्न सास्कृतिक कार्यक्रम,स्थानिय आदिवासी भेषभुषा नृत्य रहनुका साथै महोत्सवमा अवलोकनकर्ताका लागि जीपलाइन, जीप सफारी, वन्यजन्तुसहितको सेल्फी डाँडा, हेलिकप्टबाट स्थानीय दृश्यको अवलोकन लगायतको सुविधा रहने आयोजक भनाइ रहेको छ ।