April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी ः मन्त्री अर्याल

एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी ः मन्त्री अर्याल

पुस २५ , काठमाडौं ।
राष्ट्रिय सहकारी महासंघको २७ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै मन्त्री अर्यालले सरकार र सहकारीले साझेदारी गरेर अगाडि बढ्नुपर्ने बताएकी छन् ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पधमा कुमारी अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्दे आइरहेको बताएकी छन् ।
ंकार्यक्रम मार्फत मन्त्री अर्यालले सहकारीमार्फत वैदेशिक रोजगारीमा जानेको सङख्याकेहि हद् सम्म कम गर्न एक घर, एक सदस्य र एक सहकारी एक रोजगारी भन्ने कुरामा जोड दिएकी छन् ।
सन् २०३० भित्र नेपालको गरिबी शून्य प्रतिशतमा झारिने लक्ष्य सरकारको रहेकाले सोही अनुसार काम पनि अघि बढिरहेको छ । पछिल्लो समय मन्त्रालय सहकारीको संख्या घटाउन पनि लागि परेको छ, सोही अनुरुप अन्तर सहकारी समन्वय बलियो बनाउने, ब्याज घटाउने र सहकारीलाई प्रविधियुक्त बनाउने विषयलाई आफूले महत्व दिएर काम गरेको मन्त्री अर्यालको भनाई छ ।
सहकारी संस्थाहरुमा नियमन फितलो छ । जसका कारण सहकारी संस्थाहरुले आफूखुशी चर्को ब्याज लिएर कर्जा प्रवाह गरिरहेका छन् । सेवा शुल्क पनि महँगो छ । ब्याजदर चर्को भएको आम गुनासो बढिरहेका बेला मन्त्री अर्यालले यसतर्फ आफ्नो ध्यान गएको बताएकी हुन् ।