June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

स्वाभिमान लघुवित्तको बार्षिक साधारणसभा माघ १० गते , कति प्रतिशत बोनस सेयरमा कति मूल्य समायोजन ?

स्वाभिमान लघुवित्तको बार्षिक साधारणसभा माघ १० गते , कति प्रतिशत  बोनस सेयरमा कति मूल्य समायोजन ?

पुस २५ , काठमाडौं ।
स्वाभिमान लघुवित्त वित्तीय संस्थाको २४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजनपछि प्रतिकित्ता स्वाभिमाको मुल्य ९४९ रुपैयाँ १९ पैसा तोकिएको छ । आइतबार यही मूल्यलाई आधार मानेर सेयर कारोबार खुल्ला हुनेछ ।
कम्पनीले गत वर्षको नाफाबाट २४ प्रतिशत बोनस सेयर र १.२७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । बाीर्षक साधारणसभा डार्सिज इन्टरनेशनल होटल, वुटवलमा बिहान ११ बजे सुरु हुनेछ ।
माघ १० गते साधारण सभा बोलाएको कम्पनीले आज (पुस २५ गते) बाट बुक क्लोज गरेको छ । बिहीबार (पुस २४ गते) सम्म कायम सेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।