ढुंगानाले बोर्डको पदभार सम्माल्दै एमविआईको ऋणपत्र गरे स्वीकृति

ढुंगानाले बोर्डको पदभार सम्माल्दै एमविआईको ऋणपत्र गरे स्वीकृति

पुस २५ , काठमाडौं
नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भिष्मराज ढुंगानाले पदभार सम्हाल्दै नेपाल एसबीआई बैंकको साढे २ अर्ब रुपैयाँको ऋणपत्रलाई स्वीकृति प्रदान गरेका छन् ।
बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको एसबीआई बैंकले गत असोज १५ गते २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डमा निवेदन दिएको थियो । ढुंगानालाई गत मन्त्रीपरिषले बोर्ड अध्यक्ष बनाउने निर्णय आज पदभार समालेका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फूयाँलको संयोजकत्वमा गठित छनौट तथा सिफारिस समितिले बोर्ड अध्यक्षका लागि परेका आवेदनमध्येबाट ५ जनाको सर्ट्िलस्ट बनाएको थियो । ती पाँचमध्येबाट पनि ३ जनालाई छनौट गरी मन्त्रीपरिषदमा सिफारिस गरिएको थियो ।
बोर्डको अध्यक्षको रुपमा नियुक्त भएका ढुंगाना नेपाल राष्ट्रबैंकको कार्यकारी निर्देशकबाट रिटायर्ड व्यक्ति हुन् । ढुंगाना लगाएत बोर्डकै कार्यकारी निर्देशक निरज गिरी र डा. केशवप्रसाद श्रेष्ठको नाम छनौट समितिले मन्त्रीपरिषदमा सिफारिस गरेको थियो ।