April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

भारतमा पाम तेल आयात रोकिँदा नेपालीको अर्बौं लगानी जोखिममा

भारतमा पाम तेल आयात रोकिँदा नेपालीको अर्बौं लगानी जोखिममा

पुस २५, काठमाडौं ।
नेपाली व्यापारीहरूले तेस्रो मुलुकबाट कच्चा पदार्थ आयात गरी प्रशोधनपछि पाम आयल भारत निर्यात गर्दै आएका छन् । पछिल्लो दुई महीनामा पाम आयलको भाउमा २६ प्रतिशतभन्दा बढीले उछाल आएको छ । यो बाहेक सरसोंको मूल्यमा ३०० रुपैयाँ क्वीन्टलका हिसाबले बृद्धि भएको छ । त्यस्तै, सोयाबीन तेलको भायमा पनि करीब ४०० रुपैयाँ प्रति क्वीन्टल बढेको छ ।
भारतमा मनसुन सीजनमा भारी वर्षाका कारण तेलहन फसल, खासगरी सोयाबीनको उत्पादनमा गिरावट आएको छ । त्यस्तै, हिउँद सिजनमा पनि तेलहन बालीको खेतीमा सुस्तता आएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ्। फलतः भारतीय बजारमा तेल र तेलहनको भाउ उकालो लागेको छ ।
पाम तेलको खेती स्वदेशमा नभए पनि यसको निर्यातले पछिल्लो पटक नेपालको व्यापार घाटा केही मात्रामा कम गरेको थियो । तर बुधबार भारतको वैदेशिक व्यापार महानिर्देशनालयले व्यापार नीतिमा गरेको संशोधनले नेपालबाट निर्यात हुने प्रशोधित पाम तेलको बजार गुम्ने भएको छ । तेल उत्पादनका लागि आवश्यक कच्चा पदार्थ इन्डोनेसिया, मलेसिया र अर्जे्न्टिनाबाट ल्याउने गरिएको छ भने यो पूर्णरुपमा भारत निकासी हुँदै आएको छ । इन्डोनेसिया वा मलेसिया जस्ता मुलुकबाट खरिद गर्दा ४० प्रतिशत भन्सार लाग्ने कारण भारतीयले नेपालबाट शून्य भन्सारमा तेल खरिद गरिरहेका थिए । भारत प्रवेशमा रोकावटपछि व्यवसायीलाई चिन्तित बनाएको छ ।
मलेशिया र इंडोनेशियाबाट आयातित पाम तेल महंगो भएको छ, भने भारतमा सोयाबीन र सरसोंको तेलको भाउ पनि उकालो लाग्न थालेको छ ।
भारतमा तेलको भाउ उकालो लागिरहेका बेला त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि पर्ने देखिन्छ । कारण नेपालमा खाने तेल आयातको ठूलो बजार भारत हो । गत आर्थिक वर्षको ११ महिनामा साढे १० अर्ब रुपैयाँको कच्चा पदार्थ आयात गरिएको भन्सार विभागको तथ्यांक छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १ सय ४२ प्रतिशतले बढी हो ।
त्यसो त पाम तेललाई भारतले प्रतिबन्ध लगाउनुअघि नै नेपाली नीति निर्माताले नसोच्दाको परिणाम भोग्नुपरेको कतिपयको टिप्पणी छ । किनभने यसले नेपाली अर्थतन्त्रलाई क्षणिक लाभ दिए पनि दिगो रूपमा कदापि फाइदा नगर्ने उनीहरु बताउँछन् ।
नेपालमा यो तेल खासै खपत नभए पनि चालू आर्थिक वर्षको पाँच महिनामा ११ अर्ब ५५ करोड रुपैयाँको प्रशोधित पाम तेल भारत निर्यात भएको छ । महिनायता नेपालको कुल निर्यातको २४ प्रतिशत हिस्सा पाम आयलको रहेको छ र त्यसबाट नेपालले साढे ११ अर्ब रुपैयाँ आर्जन गरेको छ । भारतले बर्से्नि आयात गर्ने डेढ करोड टन तेलमध्ये एक करोड टन पाम समूहको तेलको आयात रहेको छ । यो वर्ष कूल निर्यात व्यापारको एक चौथाइ यसले ओगट्छ । यस घटनाले क्षणिक लाभमा रमाउनेभन्दा देशको दीगो रूपमा अर्थतन्त्रलाई टेवा दिन सक्ने वस्तुको उत्पादनमा लाग्नुपर्ने पाठ दिएको छ ।
भारतले पाम आयल आयातमा लगाएको ’रोक’ले नेपालमा तरङ्ग ल्याए पनि व्यापारी तथा सरकारी अधिकारीहरू नेपालबाट निर्यात गर्न सकिने विषयमा अझै आशावादी देखिएका छन् । नेपालमा खेती नहुने भए पनि सरकारी तथ्याङ्कले पाम आयल नेपालले निर्यात गर्ने एउटा प्रमुख वस्तु भएको देखाउँछ ।
पछिल्लो समय नेपालको प्रमुख निर्यातजन्य वस्तुका रुपमा रहेको प्रशोधित पाम आयलको आयातमा भारतले रोक लगाएको छ । यसले नेपाली व्यवसायीको अर्बौंको लगानी जोखिममा परेको छ ।