April 18, 2021, Sunday
५ बैशाख २०७८, आईतवार

पृथ्वीजयन्ती मनाइँदै, गोरखाका ५ र झापाका २ स्थानमा सार्वजनिक विदा दिइयो

पृथ्वीजयन्ती मनाइँदै, गोरखाका ५ र झापाका २ स्थानमा सार्वजनिक विदा दिइयो

काठमाडौं, २७ पुस
नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहको जन्मयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपालको भौगोलिक एकीकरण गरेर महत्वपूर्ण योगदान दिएका शाहको निधन विसं १८३१ माघ १ गते नुवाकोटको देवीघाटमा भएको थियो ।
विसं १७७९ मा गोरखामा जन्मिएका पृथ्वीनारायण शाहले बाइसे र चौबिसे राज्यमा विभाजित नेपाललाई एकीकरण गरेका थिए । सात महिनामा उनको जन्म भएको थियो । पृथ्वी नारारायण शाहले जीवनमा तीनवटा युद्धमा हार बोहोरेका पृथ्वीनारायण शाहले विसं १८०० मा नुवाकोटमा पहिलोपटक आक्रमण गर्दा उनी पराजित भएक थिए । १८०१ मा नुवाकोटमा विजयी भए । यसैगरी कीर्तिपुरमा पनि उनी दुई पटक पराजित भएका थिए ।
विश्वमा विजयी भई उपनिवेश चलाउन सफल अङ्ग्रेज सेना उनको नेतृत्वमा पराजित भएको थियो । अङ्ग्रेजले समेत हराउन नसकेको मुगल सेनालाई पृथ्वीनारायणले १८१९ मा मकवानपुरमा पराजित गरेका थिए ।

शाहले ‘व्रतरत्नमाला’ नामक कृति लेखेका थिए । यसैगरी उनका तीन कविता पनि प्रकाशित भएका छन् । ‘दिव्योपदेश’ भने पृथ्वीनारायण शाहका भनाइ हुन् । जसलाई पछि कृतिका रुपमा प्रकाशित गरिएको हो ।
पृथ्वी जयन्तीमा पहिले सार्वजनिक बिदा दिने गरिएकामा हाल कटौति गरिएकामा पुनः बिदा दिई देशभर मनाइनु पर्ने माग हुन थालेको छ । यसैबिच, पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते आइतबार गोरखाका पाँच वटा स्थानीय तहले बिदा दिएका छन् । गोरखा र पालुङटार नगरपालिकासहित सिरानचोक, अजिरकोट र भीमसेन थापा गाउँपालिकाले बिदा दिएका हुन् । झापाको दुई स्थानीय तहले पृथ्वीजयन्तीको अवसरमा सार्वजनिक बिदा दिएका छन् । हल्दीबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले पृथ्वीजयन्तीको अवसरमा आइतबार सार्वजनिक बिदा दिएका छन् ।