April 13, 2021, Tuesday
३१ चैत्र २०७७, मंगलवार

सानिमा माई हाईड्रोपावरको साधारणसभा आज , यस्ता छन् एजेन्डा

सानिमा माई हाईड्रोपावरको साधारणसभा आज , यस्ता छन् एजेन्डा

पुस २७ , काठमाडौं ।
सानिमा माई हाइड्रोपावरको साधारण सभा आज (पुस २७ गते) सेलिब्रेसन हाइट सुकेधारामा बिहान ११ बजेबाट सुरु भएको छ् । गत आर्थिक वर्षको नाफाबाट कम्पनीको सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्तावलाई अनुमोदन गर्नेछ् ।
आर्थिक वर्ष २०७६।०७७ को पहिलो त्रैमाससम्म सानिमा माईले २० करोड ३९ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यसअवधिमा प्रतिसेयर आम्दानी ८ रुपैयाँ ७९ पैसा छ । प्रतिसेयर नेटवर्थ १३१ रुपैयाँ ८९ पैसा रहेको छ ।