नेपाल इन्भेस्टमेन्ट बैंकको साधारणसभामा सेयरधनीहरुबीच झडप, स्थिति केहीबेर तनावपूर्ण

नेपाल इन्भेस्टमेन्ट बैंकको साधारणसभामा सेयरधनीहरुबीच झडप, स्थिति केहीबेर तनावपूर्ण

पुस २८ , काठमाडौं ।
नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको ३३ औँ वार्षिक साधारणसभामा दुई सेयरधनीहरुबीच झडप भएको छ । नेपाल इन्भेस्टमेन्ट बैंकको साधारणसभा प्रदर्शनीमार्ग ्स्थीत राष्ट्रिय सभागृहमा चलिरहँदा दुई सेयरधनीहरु चन्द्रनारायण श्रेष्ठ र शिवप्रसाद पौडेल बीच मुक्का हानाहान भएको छ ।
सभामा पहिले चन्द्रनारायणले आफ्ना जिज्ञासा राखेका थिए । त्यसपछी शिवप्रसादले आफना जिज्ञासा राखेका थिए । शिव प्रसादले राखेको जिज्ञासाको केहि शब्दले आफुलाई अपबाद गरेको भन्दै चन्द्रनारायणले शिब प्रसाद माथि हात हालेका थिए । त्यही क्रममा दुवैबीच केहीबेर झडप हुदा स्थिति तनाबपुर्ण बनेको थियो ।