May 14, 2021, Friday
३१ बैशाख २०७८, शुक्रबार

सप्तकोशी डेभलपमेन्ट बैंकले ६ प्रतिशत लाभांश बाड्ने घोषणा

सप्तकोशी डेभलपमेन्ट बैंकले ६ प्रतिशत लाभांश बाड्ने घोषणा

पुस २८ , काठमाडौं ।
सप्तकोशी डेभलपमेन्ट बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक बर्षको मु–नाफाबाट ६ प्रतिशत लाभांस बाड्ने निर्णय गरेको छ ।
बैंकले ४ करोड ७२ लाख २६ हजार ७०३ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नियामक नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ ।
गत वर्ष सप्तकोशी डेभलपमेन्ट बैंकले ५.०३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी कुल ८.०३ प्रतिशत लाभांश वितरण गरेको थियो ।