लुम्बिनी जनरल ईन्सुरेन्स लिमिटेडको १ लाख कित्ता सेयर लिलामीमा आउने

लुम्बिनी जनरल ईन्सुरेन्स लिमिटेडको १ लाख कित्ता सेयर लिलामीमा आउने

पुस २८ , काठमाडौं ।
लुम्बिनी जनरल इन्सुरेन्स कम्पनि लिमिटेडले बिक्री खुला गरेको २० प्रतिशत हकप्रद सेयर शुक्रबार (पुस २५ गते) बाँडफाँट भएको छ । कम्पनीले १७ लाख ६० हजार ६०० कित्ता सेयर बिक्री खुला गरेकोमा १६ लाख ६० हजार २७४ कित्ताका लागि मात्र आवेदन परेको थियो । यसआधारमा १ लाख ३२६ कित्ता हकप्रद बिक्री हुन सकेन ।
बिक्री नभएको बाँकी सेयर लुम्बिनीले अब लिलामीमा ल्याउनेछ ः यस हकप्रदमा ७ हजार ३५२ जनाले आवेदन दिएका छन् । कम्पनीले कात्तिक २४ देखि मंसिर २९ गतेसम्म १७ लाख ६० हजार ६०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । कम्पनीको चुक्ता पुँजी ८८ करोड रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामी बिक्रीपछि पुँजी १ अर्ब ५ करोड ६० लाख रुपैयाँ पुग्नेछ ।