नागबेली लघुवित्तको साधारणसभा माघ २६ गते , बुक क्लोज कहिले ?

नागबेली लघुवित्तको साधारणसभा माघ २६ गते , बुक क्लोज कहिले ?

पुस २९ , काठमाडौँ ।
नागबेली लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा माघ २६ गते आइतबार झापाको बिर्तामोडस्थित होटल सिटी पार्टी प्यालेसमा आयोजना गर्ने निर्णय गरेको छ् ।
पुस २४ गते बसेको सञ्चालक समितिको बैठकले आकर्षण लाभांस पारित गर्ने भन्दै साधारणसभा गर्ने निर्णय गरेको हो । साधारणसभामा गत आर्थिक बर्षको मु–नाफा बाट लाभांस प्रस्ताब गर्ने भनिएको २७.१३६ लाभांस पारित गर्नेछ्
चुक्तापूँजी १६ करोड ७६ लाख ७९ हजार ५०० रुपैयाँको २६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि आवश्यक १.३६८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । यो हिसाबले संस्थाले ४ करोड ३५ लाख ९६ हजार ६७० रुपैयाँ बराबरको बोनस सेयर र २२ लाख ९४ हजार ५६१ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्नेछ ।
साधारणसभाको लागि बुक क्लोज माघ १३ गर्ने तय गरेको छ । माघ १२ गते सम्म कायम सेयरधनिहरुले मात्र साधारणसभामा भाग लिन पाउनेछन् ।