आईपीओ निष्कासन मुख्य प्रस्ताव सहित सानीमा जनरल इन्सुरेन्सले बोलायो साधारणसभा

आईपीओ निष्कासन मुख्य प्रस्ताव सहित सानीमा जनरल इन्सुरेन्सले बोलायो साधारणसभा

पुस २९ , काठमाडौँ ।
आईपीओ निष्कासन लाई मुख्य प्रस्ताब बनाई सानिमा जनरल इन्सुरेन्स लिमिटेडले दोस्रो वार्षिक साधारणसभा माघ २४ गते बोलाएको छ ।
कम्पनिले काठमाण्डौँको कान्तिपथस्थित होटल एलो पेगोडामा साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको हो ।
साधारणसभामा सर्वसाधारणका लागि साधार सेयर निष्कासन (आईपीओ) जारी गर्ने मुख्य प्रस्ताव पारित गर्नेछ । आईपीओ जारी गर्नेसम्बन्धी सम्पूर्ण कार्य गर्नको कलागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले अनुमोदन गर्नेछ ।