April 14, 2021, Wednesday
१ बैशाख २०७८, बुधबार

वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा निधन

वरिष्ठ गायक निशान भट्टराईको दुर्घटनामा निधन

पुस २९, काठमाडौं ।
वरिष्ठ गायक निशान भट्टराईको सवारी दुर्घटनामा निधन भएको छ । सोमबार राति दरबारमार्गस्थित वानथाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर निवास फर्कदै गर्दा दुर्घटनामा परेका भट्टराईको उपचारका क्रममा निधन भएको हो ।
कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा विजुलीको पोलमा भट्टराई सवार कार ठोक्किएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनलाई उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टर लगिएको थियो । तर अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो ।
भट्टराई ४० को दशकको अन्त्यतिर उदाएका गायक हुन् भट्टराई । धरान स्थायी ठेगाना भएका भट्टराई गायिका लोचन भट्टराईका भाइ हुन् । खासगरी गजल गायकीका कारण उनी चर्चित थिए । स्टेजसँगै होटल रेस्टुरेन्टहरूमा उनले गजल गाउँदै आइरहेका थिए ।