June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

प्रोग्रेशिभ फाइनान्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न

प्रोग्रेशिभ फाइनान्सको २३ औं बार्षिक साधारणसभा सम्पन्न

पुस २९ ,काठमाडौं ।
प्रोग्रेशिभ फाइनान्सको ललितपुर स्थित ज्यापू प्रज्ञाभवनको सभा कक्षमा संचालन गरिएको २३ औं बार्षिक साधारण सभा सोमबार विभिन्न कार्यक्रम गर्दै सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७५–७६ मा भएका आर्थिक कारोबार बारे प्रकास पार्दै संस्थाका अध्यक्ष किशोर कुमार महर्जनले संचालक समितिका तर्फबाट प्रतिवेदन पेश गरेका थिए ।
वार्षिक प्रतिवेदनका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ दिदँै अध्यक्ष किशोर कुमार महर्जनले आगामी वर्ष पनि सल्लाह , सुझाब लाई निरन्तरता दिई संस्थालाई अझ सबल बनाई निकट भविश्यमा अझ आधुनिकिकरण गर्दै स्तरोन्नतिका निम्ति आफू प्रयासरत रहने प्रतिबद्धता व्यक्त गरे ।
आर्थिक वर्ष २०७५–७६ को वित्तीय अवस्थाको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणका साथै सम्पूर्ण वित्तीय विवरणहरु पारित गरेको छ । हाल यस फाइनान्सले ६ वटा शाखा तथा ४ एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा सुवधा दिदैँ आएको छ ।