June 17, 2021, Thursday
३ असार २०७८, बिहीबार

को हुन् सार्वजनिक बसमा वीर्य स्खलन गर्ने युवक ,एक वर्षपछि पक्राउ

को हुन् सार्वजनिक बसमा वीर्य स्खलन गर्ने युवक ,एक वर्षपछि पक्राउ

पुस २९ , काठमाडौं ।
सार्वजनिक बसमा हस्तमैथुन गर्ने एक युवक पक्राउ परेका छन् । एक वर्षअघि ललितपुरको डल्लु–लगनखेल रुटमा चल्ने सार्वजनिक बसमा हस्तमैथुन गरी एक महिला यात्रुको कपालमा बीर्य स्खलन गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल हुनुको साथै पोर्न साइटहरुमा समेत अपलोड भएको थियो ।
चितवन भरतपुर घर भई बानेश्वर बस्ने रविन सार्की भन्ने रविन रुचाललाई पक्राउ गरेको हो । रविनको फेसबुक स्टाटस, मेसेज , शेयर गरेको फोटो , अपलोड गरेका फोटाहरुे बाट अनुसन्धान गरेर दोषि ठहर गरेको हो । सोमबार साँझ चितवनबाट पक्राउ गरिएका उनलाई काठमाडौं ल्याइएको छ । भिडियो भाइरल भएपछि सामाजिक सञ्जालमा धेरैले आलोचना गरेका थिए । त्यसपछि उनी सन् २०१९ फेब्रुअरीमा भागेर भारतको दिल्ली पुगेका थिए । त्यहाँ करिव ३ महिना मःम प्याक्ट्रीमा काम गरेका उनी कश्मीर पुगे । त्यहाँ पनि करिव ४ महिना बसेर फेरि उनी चितवन नै फर्किएका थिए ।
प्रहरीकाअनुसार रुचाल काठमाडौंमा रिक्सा चलाउने काम गर्थे । उनले सामाजिक सञ्जालमा विभिन्न रुप बनाएर यस्तै अश्लील भिडियोहहरु अपलोड गर्ने र भ्यूअरको आधारमा पैसा कमाउने सोचले यो गरेका थिए ।