May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

आज माघे सङ्क्रान्तिः चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाइँदै

आज माघे सङ्क्रान्तिः  चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाइँदै

माघ १, काठमाडौं ।
मकर सङ्क्रान्तिका नामले समेत चिनिने माघे सङ्क्रान्तिः आज परेको छ । यस पर्वलाई विभिन्न जातीय समुदायले फरकफरक शैलीले मनाउँने गरेका छन् । मगर समुदायले यो पर्वमा अफ्ना चेलीबेटीलाई बोलाएर मिस्ठान्न खुवाउनुका साथै मान सम्मा न गर्ने गरेका छन् । त्यस्तै थारु समुदायले माघीलाई विशेष रुपले मनाउँने गरेको छ । अन्य समुदायले पनि चाकु, तरुल र तिलको लड्डुजस्ता खानेकुरा खाएर यो पर्व मनाउँछन् ।
माघे सङ्क्रान्तिमा खाइने चाकु भने काठमाण्डू उपत्यकाको प्राचीन शहर टोखाको अर्को परिचय बनेको छ । झन्डै दुई दर्जन परिवारले टोखामा प्रचलित चाकु बनाउने पेसालाई निरन्तरता दिएका छन् ।