May 13, 2021, Thursday
३० बैशाख २०७८, बिहीबार

एनसीसी बैंकको साधारण सभा माघ १७ गते , लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

एनसीसी बैंकको साधारण सभा माघ १७ गते , लाभांश पाउन कहिलेसम्म बन्ने सेयरधनी ?

माघ १ , काठमाडौँ ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको साधारणसभामा भाग लिन र लाभांसको लागि सेयरधनि बन्न माघ ६ गते अन्तिम दिन रहको छ । १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । माघ १७ गते साधारण सभा बोलाएको छ । माघ ७ गते एक दिन बुक क्लोज गर्नेछ । साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेलमा बिहान ११ बजे सुरु हुनेछ ।
बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने वा प्राप्ति गर्न तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएम त्यस सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि छ । आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ ।
आर्थिक वर्ष २०७६।७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ । हाल बैंकको चुक्ता पुँजी ८ अर्ब १३ करोड ३८ लाख ४१ हजार रुपैयाँ रहेको छ । बोनस सेयरपछि पुँजी ९ अर्ब ३५ करोड ३९ लाख १७ हजार रुपैयाँ पुग्नेछ ।