June 20, 2021, Sunday
६ असार २०७८, आईतवार

सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्र्ने अन्तिम दिन बिहिबार , लाभांस कति ?

सिर्जना फाइनान्सको लाभांश सुरक्षित गर्र्ने अन्तिम दिन बिहिबार , लाभांस कति ?

माघ १ ,काठमाडौँ ।
सिर्जना फाईनान्सको लाभांसका लागि सेयरधनि बन्न बिहीबार अन्तिम दिन रहेको छ । कम्पनिले आर्थिक बर्ष २०७५।७६ को मु–नाफा बाट १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांस वितरण गर्दैछ् । साधारणसभाको लागि माघ ३ गते देखि ११ गते सम्म बुक क्लोज गर्दैछ् ।
साधारण सभा, उद्योग संगठनको सभाकक्ष, बिराटनगरमा बिहान ११ बजेबाट सुरु हुनेछ । बोनसपछि पुँजी बृद्धि हुने भएकाले सोही बमोजीम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । मर्जरको बारेमा पनि विशेष पहल गर्नेछ् ।
आर्थिक वर्ष २०७५।७६ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथी छलफल गरि आर्थिक वर्ष २०७६।७७ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखीएको छ ।